00:00
03:24
त्यही गल्लीमा हिँड्छु-आउँछु, नयाँ केही छैन
सुनाउन तिमीलाई के भन्नु त्यो नि थाहा छैन
त्यही गल्लीमा हिँड्छु-आउँछु, नयाँ केही छैन
कोसिस अझ गर्दै छु तर प्रगति भाछैन
राम्रो ठाउँमा उसले लग्छ होला मैले भन्दा
चिसो तिमी नखानू, खोकी लाग्छ है, चन्दा
आजभोलि हाम्रो कुरा खासै हुँदैन
थोरै-थोरै मेरो न्यास्रो लाग्छ कि लाग्दैन?
आजभोलि हाम्रो कुरा खासै हुँदैन
थोरै-थोरै मेरो न्यास्रो लाग्छ-लाग्दैन?
♪
यही बाटोमा सधैँ धाउँछु, नयाँ केही भाछैन
संसार कहाँ पुगिसक्यो रे, कति कुरा थाहा छैन
यही बाटोमा सधैँ धाउँछु, नयाँ केही भाछैन
Guitar यहीँ बजाउँछु, धेरै प्रगति भाछैन
राम्रोसँग उसले राख्या होला मैले भन्दा
टाउको दुख्छ, चस्मा लाउन नभुल्नू है, चन्दा
आजभोलि हाम्रो कुरा खासै हुँदैन
थोरै-थोरै मेरो न्यास्रो लाग्छ कि लाग्दैन?
आजभोलि हाम्रो कुरा खासै हुँदैन
थोरै-थोरै मेरो न्यास्रो लाग्छ-लाग्दैन?
एक्लै हुँदा याद आउँछ झन्
कसरी बिर्सूँ हाम्रा ती मीठा क्षण?
एक्लै हुँदा याद आउँछ झन्
कसरी बिर्सूँ अतीतका मीठा क्षण?
राम्रो व्यवहार उसले गर्छ होला मैले भन्दा
केश खुल्लै छोड्दा तिम्लाई सुहाउँछ है, चन्दा
आजभोलि हाम्रो कुरा खासै हुँदैन
थोरै-थोरै मेरो न्यास्रो लाग्छ कि लाग्दैन?
आजभोलि हाम्रो कुरा खासै हुँदैन
थोरै-थोरै मेरो न्यास्रो लाग्छ-लाग्दैन?
आजभोलि हाम्रो कुरा...
थोरै-थोरै मेरो न्यास्रो...
आजभोलि हाम्रो कुरा खासै हुँदैन
थोरै-थोरै मेरो न्यास्रो लाग्छ कि लाग्दैन?