background cover of music playing
Behos - Sushant KC

Behos

Sushant KC

00:00

03:38

Similar recommendations

Lyric

बेहोश भए म, बिउँझाऊ है तिमी मलाई

मन खोज्छ बाटो तिमीसँगै हुनलाई

आँखै नहट्ने कस्तो मुहार!

नाचौँ-नाचौँ लाग्छ तिम्लाई देखेर

साँच्चै हो कि सपनाको संसारबाट

आयौ तिमी मलाई यहाँ सताउन?

मनका सब कुरा खोलिदिन्थेँ म, तर

झन् टाढा जान्छौ कि भनी लाग्छ है डर

सोच्छु म जे, तिमी पनि सोच्छौ भन न

छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर

जूनतारा तिम्रो अघि के हो र, ए माया?

मन साह्रै लोभी भो तिम्रो आकृतिमा

हाँसिराख, हेरिरहन्छु म

मस्किराख, सुनाइरहन्छु म

साँच्चै हो कि सपनाको संसारबाट

आयौ तिमी मलाई यहाँ सताउन? ओ

मनका सब कुरा खोलिदिन्थेँ म, तर

झन् टाढा जान्छौ कि भनी लाग्छ है डर

सोच्छु म जे, तिमी पनि सोच्छौ भन न

छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर

मुटु मेरो चोरेर

आधीबाटोमै छोडेर नजाऊ न, ओ

अदृश्य कुरा देखाऊँ म कसरी?

सक्दिन होला अब त म पनि लुकाउन

त्यसैले बेहोश भए म, बिउँझाऊ है तिमी मलाई

मन खोज्छ बाटो तिमीसँगै हुनलाई

- It's already the end -