00:00
04:06
"मन्न चरी" गीत सुशांत घिमिरेद्वारा प्रस्तुत गरिएको छ। यो नेपाली सङ्गीतमा लोकप्रिय रहेको गीत प्रेमका भावनाहरूलाई समेटेको छ। सुशांतको मिठो स्वरले श्रोताका मनमा गहिरो प्रभाव पारेको छ। गीतको संगीत र शब्दहरू मिलेर सुन्दर सामंजस्य प्रस्तुत गर्दछ, जसले श्रोताहरूलाई भावनात्मक रूपमा छोएको छ। "मन्न चरी" ले नेपाली सङ्गीत प्रेमीहरू माझ ठुलो चर्चा पाएको छ र विभिन्न प्लेटफर्महरूमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।
कुहुकुहु गर्दै मलाई सुनाउने चरी
तिमीसँगै उडी जाने मन लाग्छ घरीघरी
बहाना खोज्दै हिँडेको म घुम्दै वरिपरि
तितो-तितो संसारैदेखि टाढा डाँडापारि
मेरो आफ्नै मनपरी, मलाई लैजाऊ न, चरी
मलाई लैजाऊ न, चरी, मेरो आफ्नै मनपरी
मलाई लैजाऊ न, चरी, तिम्रो डाँडा टाढापारि
मेरो आफ्नै मनपरी, मेरो आफ्नै मनपरी
♪
शब्दैमा लेख्ने हो कि? तिमीलाई भाव नै पोख्ने हो कि?
हेराइले देख्ने हो कि? तिमीलाई पछ्याउँदै भेट्ने हो कि?
कैले हावाको त्यो वेगसँगै, हो
मन पनि खुल्ला आकाशझैँ भो
कहिले बादल लोरी सुनाउने
सिरिरिरी तरिजाने तालै, हो
ए, ओखती रहेछ तिम्रा रङ्ग थरीथरी
दुःखपीडा सबै बिर्साउने जादु छरीछरी
मेरो आफ्नै मनपरी, मलाई लैजाऊ न, चरी
मलाई लैजाऊ न, चरी, मेरो आफ्नै मनपरी
मलाई लैजाऊ न, चरी, तिम्रो डाँडा टाढापारि
मेरो आफ्नै मनपरी, मेरो आफ्नै मनपरी
♪
रहेछन् हजारौँ अलमल रीत
भन्छन् मनले भनेकै ठीक
को ठीक? यहाँ त पल-पल अतीत
संसारै भुलेर तिमी सँगैसँगै उडेर
संसारै भुलेर तिमी सँगैसँगै उडेर
संसारै भुलेर तिमी सँगैसँगै उडेर
संसारै भुलेर तिमी सँगैसँगै उडेर
संसारै भुलेर तिमी सँगैसँगै उडेर
संसारै भुलेर तिमी सँगैसँगै उडेर