00:00
04:34
‘सम्झन्छु’ गीत, साबिन राई र दि फाराओन द्वारा प्रस्तुत, प्रेम र सम्झनाको भावनालाई उजागर गर्दछ। यस गीतको मधुर संगीत र गहिरा बोलहरूले श्रोताहरूको मनमा गहिरो प्रभाव पारेको छ। साँगीतिक ताल र गायन कौशलको उत्कृष्ट समन्वयले यो गीतलाई नेपाली संगीत प्रेमीहरू माझ लोकप्रिय बनाएको छ। भिडियोको दृश्यावलीले गीतको भावनालाई अझ प्रभावकारी बनाउँदै आएको छ।
सम्झन्छु अझै म, भुल्न सकिन मैले
हाम्रो सम्बन्ध हिजो जे थ्यो
हुँदिन खुसी म अब सायद कहिले पनि
कति नमीठो बिछोड हो
नरुने मान्छेलाई रुवाई गयौ तिमी
यो सम्झिने मन मेरो
बिचल्ली म नहुन खोज्छु
तर असफल कोसिस हो
कोर्दिन अब म मेरो भाग्य अरूसँग
नजिर जिन्दगीको अब यही हो
गाउँदिन अब म मायाका गीतहरू
नमिलेका पङ्क्त्ति धेरै भो
लडेर उठ्दै छु, बिस्तारै हिँड्छु अब
मलाई यही हालमा छोडिदेऊ
लडबडाउँला कहिलेकाहीँ
जिन्दगी आखिर यही हो
♪
तिर्सना थ्यो आफ्नोपनको
तर मैले कहिल्यै पाइन
इन्द्रेनी थ्यो सातै रङ्ग
सुनेको थेँ, कहिल्यै देखिन
भरोसा थ्यो सुखद अन्त्यको
वियोगान्त चलचित्रझैँ भयो कहानी, yeah, yeah
सम्झन्छु अझै म, भुल्न सकिन मैले
हाम्रो सम्बन्ध हिजो जे थ्यो
हुँदिन खुसी म अब सायद कहिले पनि
कति नमीठो बिछोड हो
नरुने मान्छेलाई रुवाई गयौ तिमी
यो सम्झिने मन मेरो
बिचल्ली म नहुन खोज्छु
तर असफल कोसिस हो